राजावादीलाई सञ्चारमन्त्रीको चेतावनी : चिहानमा आराधाना गरेर राजतन्त्र फर्किदैन
काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले राजाको नामा राजनीति गर्नेहरु डाइनोसर भएर सकिने बताएका छन् । बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चिहानमा आधाराना गरेर राजतन्त्र नफर्किने बताएका हुन् ।
मन्त्री बास्कोटाले एक पत्रकारको प्रश्नमा व्यङ्ग्य गर्दै भने– को राजा ? लावण्य देशको राजा ? नेपालका त राजतनत्र छैन ? एकादेशको कथा भइसक्यो । पछि इतिहास पढ्लान् आजको पुस्ताले पनि भोलिको पुस्ताले पनि ।’
२०१७ सालमा बाजा बजाएर नभइ लोकतान्त्रिक दलहरुबीचमा चलखेल गरेर सत्ता हातमा लिएको भन्दै अहिले १७ सालको जस्तो अवस्था नभई ७७ सालको आधुनिक अवस्था भएको बताए ।
उनले भने– ‘मरेको राजतन्त्रले फणा उठाउन सक्दैन, राजाका नाममा राजनीति गर्नेहरु डाइनोसरस हुनेछन् । चिहानमा आराधाना गरेर राजतन्त्र फर्किनेवाला छैन । संसारको नियम के हो भने समाज अगाडि बढ्ने हो पछाडि फर्कने हैन । जतिसुकै रमाएपनि तिनिहरुलाई रमाउन दिनुपर्छ, त्यो कोरा सपना यथार्थमा परिणत हुँदैन ।’
उनले लोकतन्त्र सरकारको मात्र हो र भन्ने प्रश्न गर्दै लोकतन्त्रको रक्षा गर्ने सबैको दायित्व भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ