मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सञ्चारमन्त्री बास्कोटाले भने–‘धन्न युट्युबर सिंहरदरबार छिर्न पाएनन्, नत्र घटना अर्कै बन्थ्यो’

बिहीबार, ०५ भदौ २०७६, १७ : ५६
बिहीबार, ०५ भदौ २०७६

काठमाडौँ । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री सम्प्रेषण हुने गरेको बताएका छन् ।

बिहीबार सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले न्याय सम्पादनको विषयमा सोसल मिडिया ट्रायल भइरहेको कुरा आएको बताउँदै अदालतको फैसला ट्रायल हुने बताए । अनुसन्धानलाई प्रभावित हुने तरिकाले यो ठीक हो, यो बेठीक हो भन्ने काम सामाजिक सञ्जालको नभएको उनको भनाइ थियो ।

उनले भने– ‘भक्तपुरमा कसले कोसँग मिलेर आमालाई मारिन्, निर्मला प्रकरण, पुलिस जता जान्छ अर्कोतिर अपराधी छ भनेको छ, पुलिसलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न पनि दिँदैन  । कि जुलुस कि धर्ना कि होहल्ला मच्चाइदिने काम भएको छ ।’

सरकारले सूचना प्रविधि विधेयक संसदमा दर्ता गरेको मन्त्री बास्कोटाले जानकारी दिए । छिस्रिक्क केही भयो भने प्रजातन्त्रको दुहाई दिने, प्रेस खतरामा प¥यो भन्ने गरेको उनले बताए ।

उनले ठूला मिडिया हाउसमाथि पनि प्रश्न उठाउँदै मिडिया सामाजिक सञ्जालबाट प्रभावित भएर किन चल्दैछन् भनेर प्रश्न गरे ।

उनले सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री हुन नहुने बताए ।

उनले भने–‘प्रेस कार्ड पनि लिएका हुँदैनन् युट्युवरले, अस्ति धन्न यहाँ सिंहदरबारमा आत्महत्या भएको दिन आइपुगेनछन्, युट्युवर । यहाँ आइपुगेको भए के के हुन्थ्यो होला हेड्लाइन् । अचम्मै हुन्थ्यो हो हल्ला, जुलुस धर्ना, को कस्का पक्ष, को कस्का बिरोधी भनेर उपद्रै भइसक्थ्यो । घटनालाई रहस्यमयल बनाईदिने, टाइटलहरु त्यस्तो हालिदिने । त्यो मिडियाको काम हैन ।’

उनले नेपाली प्रेस जिम्मेवार, मर्यादित र भविष्यका लागि सबैभन्दा सचेत बन्नुपर्ने बताए । उनले मिडियालाई जिम्मेवार बनाउन आमसञ्चार बिधेयक  र सामाजिक सञ्जाल नियमन गर्न फरक फरक बिधेयक ल्याएको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप