प्रचण्डले जयशंकरलाई नभेट्नुको यस्तो छ कारण
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेश मन्त्री एस.जयशंकरलाई भेट्न मानेनन् । मन्त्री जयशंकरले अध्यक्ष प्रचण्डलाई भेटघाटका लागि द्वारिका होटलमा बोलाएका थिए । सबै राजनीतिक भेटघाट द्वारिका होटलमा नै राखिएका थिए ।
अध्यक्ष प्रचण्डले आफू त्यहाँ नआउने र भेटघाटको व्यवस्था अरु कुनै होटलमा मिलाउन भनेका थिए, तर मन्त्री जयशंकरले अर्को होटलमा जान नमानेपछि प्रचण्डसँग भेटघाट हुन सकेन ।
सोही होटलमा काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्षद्धय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका सदस्यहरुसँग उनले भेटघाट गरेका थिए ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा भन्छन्, ‘पार्टीको बैठक भएको कारण दुईजनाका बीचमा भेटघाट भएन । भेटघाट गर्ने समयमा सचिवालयको बैठक थियो त्यही भएर अध्यक्ष प्रचण्डसँग भेट हुन सकेन ।’ तर भारतीय दूतावासका एकजना पदाधिकारीले भने, ‘जयशंकर र प्रचण्डबीच भेटघाटको कार्यक्रम नै थिएन । नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटिसकेपछि पुनः अर्का अध्यक्ष प्रचण्डसँग किन भेट्नुपर्यो भन्दै भेटघाट कार्यक्रममा राखिएको थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण