शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले जयशंकरलाई नभेट्नुको यस्तो छ कारण

बिहीबार, ०५ भदौ २०७६, १७ : ०९
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेश मन्त्री एस.जयशंकरलाई भेट्न मानेनन् ।  मन्त्री जयशंकरले अध्यक्ष प्रचण्डलाई भेटघाटका लागि द्वारिका होटलमा बोलाएका थिए । सबै राजनीतिक भेटघाट द्वारिका होटलमा नै राखिएका थिए ।

अध्यक्ष प्रचण्डले आफू त्यहाँ नआउने र भेटघाटको व्यवस्था अरु कुनै होटलमा मिलाउन भनेका थिए, तर मन्त्री जयशंकरले अर्को होटलमा जान नमानेपछि प्रचण्डसँग भेटघाट हुन सकेन । 

सोही होटलमा काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्षद्धय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका सदस्यहरुसँग उनले भेटघाट गरेका थिए । 

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा भन्छन्, ‘पार्टीको बैठक भएको कारण दुईजनाका बीचमा भेटघाट भएन । भेटघाट गर्ने समयमा सचिवालयको बैठक थियो त्यही भएर अध्यक्ष प्रचण्डसँग भेट हुन सकेन ।’  तर भारतीय दूतावासका एकजना पदाधिकारीले भने, ‘जयशंकर र प्रचण्डबीच भेटघाटको कार्यक्रम नै थिएन । नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटिसकेपछि पुनः अर्का अध्यक्ष प्रचण्डसँग किन भेट्नुपर्यो भन्दै भेटघाट कार्यक्रममा राखिएको थिएन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप