पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बोलिन् रेनु दाहाल (विज्ञप्तिसहित)
काठमाडौं–नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् ।
महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ। गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान