शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिस्टर वर्ल्डको उत्कृष्ट १२ भित्र नेपाली अक्षय

बिहीबार, ०५ भदौ २०७६, १५ : २०
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं – नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्ड २०१९’मा सहभागी अक्षय रायमाझी प्रतियोगिताको उत्कृष्ट १२ भित्र पर्न सफल भएका छन् । फिलिपिन्सको मनिलामा आयोजना भइरहेको प्रतियोगितामा अक्षय विश्वका ६० बढी राष्ट्रका प्रतिनिधिलाई पछि छोड्दै उनी उत्कृष्ट १२ भित्र पर्न सफल भएका हुन् । 
आफू उत्कृष्ट १२ भित्र परेको खुसी अक्षयले आफ्नो फेसबुक मार्फत शेयर गरेका छन् । 
अक्षयले नेपाली कलासंस्कृति झल्कने पहिरन सहित काल भैरव नाँच प्रतियोगितामा प्रस्तुत गरेका थिए । उनको नाँच प्रतियोगितामा मन पराइएको थियो । उनले आगामी शुक्रबार हुने मिस्टर वल्र्डको अन्तिम स्पर्धामा पनि सहभागी हुन पाउने छन् । 
अक्षय ‘मिस्टर नेपाल २०१७’का बिजेता हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप