केन्द्रीय संस्करण

बाढी तथा बाँधको समस्या समाधान गर्न जयशंकरलाई राजपा नेपालको सुझाव

person explore access_timeभदौ ५, २०७६ chat_bubble_outline0

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले बाढी र बाँधले हुने समस्याको स्थायी समाधान निकाल्न भारतीय विदेशमन्त्री एस. जयशंकरलाई आग्रह गरेका छन् । 

विदेशमन्त्री जयशंकरसँग बुधवार राती होटल द्वारिका भेटघाट गर्दै राजपा नेपाल अध्यक्ष मण्डलका नेताहरुले भारतीय सीमामा बाँधिएको बाँधले प्रत्येक वर्ष दुवैतर्फ ठूलो क्षति हुने गरेको भन्दै यसको समाधान चाँडै निकाल्नुपर्ने सुझाव दिएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताए ।  

दुवै देशले कुनै दीर्घकालीन योजना नबनाएसम्म यसको समाधान ननिस्किने नेताहरुको भनाइ थियो ।  त्यसको जवाफमा भारतीय विदेश मन्त्री जयशंकरले बाढीले नेपाल–भारतको सीमावर्ती क्षेत्रमा ठूलो असर गरेको कुराबाट आफू जानकार रहेको बताएका थिए । 

भारत सरकारले यसबारेमा नेपाल सरकारसँग मिलेर केही योजना बनाउन लागेको उनले बताएका बताए । त्यस्तै, हुलाकी सडक, तराई मधेशको समस्या लगायतको विषयमा पनि कुराकानी भएको बताइएको छ ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.