बालाजु औद्योगिक क्षेत्रमा आगलागी
बिहीबार, ०५ भदौ २०७६, १४ : ३५
काठमाडौं– राजधानी काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा विहिबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाईकल पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
त्यसैगरी मर्मतको क्रममा रहेको सशस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ । प्राइम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्समर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।
काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ