प्रधानमन्त्री ओली १५ दिन सिंगापुर बस्ने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका छन् । आज थाई एयरको उडान नम्बर जिटी ३२० बाट प्रधानमन्त्री ओली सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणका सिलसिलामा ओली यो पटक १५ दिन सिंगापुरमा बस्ने जनाइएको छ । ‘चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जानुभएको हो’ प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।
“एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नुभएको हो” डा.सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तिमा जनाइएको छ ।
सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले जनाएका छन् । “प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओली भदौ २० गते थाई एयरको उडान नम्बर जिटी ३१९ बाट अपरान्ह १२ बजेर २५ मिनेटमा स्वदेश फर्किने जनाइएको छ । यसअघि ओली साउन १८ गते स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
-
साफ महिला च्याम्पियनसिप : फाइनलको टिकट एन्फा आफैले बिक्री गर्ने
-
रवि लामिछानेलाई रिहा गर्न रास्वपाको दबाब, बालुवाटारमा प्रदर्शन
-
गृह मन्त्रालय र आन्दोलनरत रुबी खानबिच ३ बुँदे सहमति, आन्दोलन स्थगित
-
प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन चिकित्सक संघको आग्रह
-
पाण्डे र तिम्सेनामाथिको कारबाहीमा ‘ब्रेक’, अन्तरिम आदेश कुर्दै एमाले