पुर्ख्यौली सम्पत्तिमा कर लगाउनु कतिको सान्दर्भिक ?
नेपालमा पनि पैतृक (पुर्ख्यौली) सम्पत्तिमा कर लगाउने विषय यतिबेला चर्चामा छ । अर्थमन्त्री खतिवडाले पुर्ख्यौली सम्पत्तिमा कर लिने योजना बनाइरहेको कुरा बाहिरिएसँगै यसको आलोचना पनि बढेको छ ।
उसो त अर्थमन्त्रीलाई करको भारले सर्वसाधारणको ढाड सेकेको आरोप छ । देश संघीयतामा गइसके पछि दोहोरो÷तेहोरो कर समेतबाट प्रभावित आम नागरिकको पारो पैतृक सम्पत्तिमा कर लगाउने विषयले बढाएको छ ।
यद्यपि, अहिले दोहोरो करको समस्या निकै हल भइसकेको छ । बुझाइमा समस्या भएपछि जसले जताबाट पायो उत्तैबाट कर लगाउने गरेका थिए ।
यहाँ हामीले नेपालमा पुर्ख्यौली सम्पत्तिमा कर लगाउँनु कतिको सान्दर्भिक छ र अन्तर्राष्ट्रिय अभ्यासमा के छ भनेर विज्ञसँग बुझ्न खोजेका छौँ ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेस अग्रवाल सरकारले पुर्ख्यौली सम्पत्तिमा कर लगाए चिन्ताको विषय हुने बताउँछन् । यसले निजी क्षेत्रको लगानी निरुत्साहीत गर्ने भन्दै उनले भने, ‘निजी क्षेत्रले नै ठूला—ठूला उद्योगहरु स्थापना गरिरहेका छन् । आफ्नो शेषपछि अवश्य पनि छोरा नातीमा त्यो उद्योग जान्छ । आफुले गरेको मेहनतले भावी सन्ततिलाई काम लाग्दैन भने किन लगानी बढाउनु ?’
उनी भन्छन, ‘मैले ४०/५० प्रतिशत कर लगाउने भन्ने सुनेको छु । यस्तो भयो भने १० करोडको सम्पत्तिमा ५ करोड कर तिर्नुपर्ने हुन्छ । सम्पत्तिनै बेचेर कर तिर्नुपर्ने अवस्था आयो भने त्यो विडम्बना हुनेछ ’।
करको विषयमा आफूले मिडियाबाट थाहा पाएको र आगामी छलफलमा यस विषयमा छलफल गर्ने उनले बताए ।
अर्थविद प्रा.डा. चन्द्रमणी अधिकारी नेपालमा अहिले पुर्ख्यौली सम्पत्तिमा कर लगाउनु सान्दर्भिक नभएको बताउँछन् । जुन देशमा सरकारले नागरीकको बचपन अवस्थामा, जवान अवस्थामा र बुढ्यौली अवस्थामा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको विषयमा जिम्मा लिएको छ त्यस देशमा पुर्ख्यौली सम्पत्तिमा कर लगाउँदा हुने अधिकारीको तर्क छ । उनी भन्छन्, ‘नेपालमा सरकारले नागरिकलाई के दिएको छ र उसको पुर्ख्यौली सम्पत्तिमा कर लगाउनु ? सामाजिक सुरक्षाको विषय बल्ल आएको छ राम्रोसँग लागु समेत भएको छैन यस्तो अवस्थामा पुर्ख्यौली कर लगाउनु सरकार आफै आलोचित हुनु हो ।’
संसारमा मान्छेले छोराछोरी पढाउन, रोग लागे उपचार गर्न र बुढ्यौलीमा खर्च गर्न पैसा जम्मा गर्ने गरेको बताउँदै उनी भन्छन्, ‘जबसम्म सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीको ग्यारेन्टी लिदैन तबसम्म पैतृक सम्पत्तिमा कर लगाउनुहुँदैन ।’
तर अर्का अर्थविद् केशव आचार्यको धारणा भने फरक छ । उनका अनुसार पैतृक सम्पत्तिमा कर लगाउनुको उदेश्य धनीमानी घटाउने भन्ने हो । पैतृक सम्पत्ति पाउने व्यक्तिले दुःख गरेको कमाएको सम्पत्ति होइन त्यसकारण यसमा राम्रै कर लगाउँदा हुन्छ भन्ने उनको धारणा छ ।
अमेरीका, युरोप, दक्षिणपन्थीहरु सत्तामा आएपछि धनीहरु घटाउनुपर्छ भनेर पैतृक सम्पत्तिको करको अवधारणा आएको हो । आचार्य भन्छन्, ‘बरु अहिलेको आम्दानीमा लाग्ने करलाई पुर्नविचार गरौ तर पैतृक सम्पत्तिमा राम्रैसँग कर लगाउँदा हुन्छ ।’
पैतृक सम्पत्तिमा कुन देशमा कत्ति कर लाग्छ ?
ट्याक्स फाउण्डेसनका अनुसार जापान पैतृक सम्पत्तिमा सबैभन्दा बढी कर लाग्ने देश हो । यहाँ ५५ प्रतिशतसम्म कर लाग्छ । दोस्रो बढी कर लाग्ने दक्षिण कोरिया हो । जहाँ पैतृक सम्पत्तिमा ५० प्रतिशत कर लाग्छ । युके, युएसमा ४० प्रतिशतसम्म कर लाग्छ ।
पैतृक सम्पत्तिमा सबैभन्दा बढी कर लाग्ने १५ देश
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विचाराधीन मुद्दाबारे न्यायाधीश फुयाँलले भने– हामी मिलाउने पक्षमा छौँ
-
रवि गोर्खा मिडियामा हुँदा १२३७ वटा चेक काटेर साढे ५९ करोड भुक्तानी, सूर्यदर्शनलाई तिरे ३१ लाख
-
१२ वटा क्याम्पस प्रमुखका लागि ४९ जनाको सर्टलिष्ट
-
भरत जंगमलाई ५ दिन हिरासतमा राख्न म्याद, कोषाध्यक्ष पनि पक्राउ
-
दुई दलीय संयन्त्रले गरेको बजेट पुनरावलोकनको निर्णय कोशीमा कार्यान्वयन नहुने
-
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न कर्णालीमा पुनर्स्थापना केन्द्र सञ्चालन गरिने