शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

बिहीबार, ०५ भदौ २०७६, १२ : ५७
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव होटलमा पुगेका छन् । 
कुटनीतिक मर्यादा उलङ्घन गर्दै दुबै नेता भारतीय विदेशमन्त्री एस जयशंकरलाई उनी बसेकै होटल द्वारिकाजमा भेट्न पुगेका हुन् । विगतमा पनि आफ्नो पदीय हैसियतको ख्यान नगरी नेपाली नेताहरु भारतीय नेतालाई भेट्न होटल पुग्ने गरेका थिए । 
भेटमा भट्टराई–यादव र जयशंकरबीच नेपाल भारतबीचको दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बताइएको छ । 

यस्तै भट्टराईले नेपालको विकासमा भारतको स्पष्ट मोडलको अपेक्षा आफूले राखेको बताएका थिए । नेपाल भारत दुई पक्षीय बैठकमा सहभागी हुन आएका जयशंकर उच्चस्तरीय भेटघाट सकेर आजै अपरान्ह स्वदेश फिर्ता हुँदैछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप