सचिव सरुवाबारे काँग्रेसको प्रश्न : एक महिनामै सचिवहरु असक्षम भएका हुन् ?
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल काँग्रेसले नेपाल सरकारका सचिवहरुको सरुवाप्रति असन्तुष्टि जनाएको छ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले मन्त्री र सचिवहरुबीच एक महिनाअघि एक बर्षको कार्यसम्पादन सम्झौता भएपनि एकै महिनामा सचिवहरुको सरुवाभएको भन्ने समाचार आएको भन्दै एक बर्षमा गर्ने काम सचिवहरुले एक महिनामै गरिसकेका हुन कि भन्ने प्रश्न गरे ।
‘मन्त्री र सचिवहरुले गरेको कार्यसम्पादन सम्झौताको मसि पनि सुक्न पाएको छैन । एक महिना नपुग्दै १६ जना सुचिबहरु सरुवा गरेको खवर आएको छ । यतिवेला एउटा प्रश्न उठेको छ । एक बर्षमा गर्नुपर्ने काम ति सचिवले एक महिनामै गरेका हुन कि ?’ उनले सरकारलाई प्रश्न गरे ।
सांसद अधिकारीले कि ति सचिवहरुले एक महिनामै आफु असक्षम भएको प्रमाणित गरेका हुन या सम्बन्धित मन्त्रीको रोजाइमा सचिवहरु नपरेका हुन् अथवा मन्त्री र सचिवबीचको सम्झौता आफैमा मजाक थियो भनेर प्रश्न गरे ।
उनले प्रशासनयन्त्र जसलाई स्थायी संयन्त्र पनि भनिने गरेको भन्दै सांसद अधिकारीले यसलाई यसरी नै अस्थिर बनाउदै लैजाने हो भने सरकारले ल्याएको नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा नकारात्मक असर पर्छ या पर्दैन भन्दै सरकारको जवाफ माग गरे ।
त्यसैगरी अर्का सांसद विन्दादेवी आले रानाले एक महिना नपुग्दै मनपरी ढंगले सचिव सरुवा गर्नुले सरकारको कामकारवाही जवाफदेही नभएको बताइन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले १६ जना सचिवहरुको सरुवा गरेको समाचार आएपनि सरकारले आधिकारिक रुपमा भने सार्वजनिक गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट