अदालतका एक कर्मचारी घुससहित रङ्गेहात पक्राउ
बिहीबार, ०५ भदौ २०७६, १० : ०९
महोत्तरीको जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ परेका छन् ।
बुधवार राति जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुस रकमसहित जलेश्वरस्थित खैरा चोकबाट रङ्गेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले १ लाख ५० हजार रकम घुस सहित यादवलाई रंगेहात पक्राउ गरेको थियो ।
एक सेवाग्राहीको घर नक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाई दिन्छु भनि उनले घुस रकम मागेपछि पीडित पक्षले अख्तियारलाई जानकारी गरेका थिए ।
रकम बढी भएकोले मुद्दा काठमाडौं पठाउने तयारी भईरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि