करेन्ट लागेर एकको मृत्यु
बिहीबार, ०५ भदौ २०७६, ०९ : ५७
झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ ।
विद्युत्को तार जडान गर्ने क्रममा बुधवार घरमा नै करेन्ट लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी कचनकवल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ६० वर्षीय रामलाल मुर्मू मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरी बाटोमा सुतेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण