‘बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र
बिहीबार, ०५ भदौ २०७६, ०७ : १०
सरकारले निकै महत्वकाक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रुपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरेपनि यो ‘समान्य परिचयपत्र’मै सीमित भएको छ ।
नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु र टोक्नु’ भनेजस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि नागरिकले बाकसमा थन्याएर राखेका हुन् ।
पाँचथरमा १ लाख १० हजार र सिंहदरबारमा ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने योजनाअनुसार सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको छ । यो समाचार कारोबार दैनिकमा दिपक बोहोराले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी