सशस्त्रको ध्यान उत्तरी नाकातर्फ
बिहीबार, ०५ भदौ २०७६, ०६ : ४१
सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ ।
सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षसहित बिओपी स्थापनाका लागि प्रस्ताव पठाएको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठका अनुसार छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करी बढेका कारण त्यसलाई रोक्न बिओपी स्थापना गर्न प्रस्ताव गरिएको हो ।
संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको टुङ्गो लागिसकेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू