श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो
बिहीबार, ०५ भदौ २०७६, ०६ : २३

धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् ।
घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।
बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेपछि घटनाबारे स्थानीयले थाहा पाएको धादिङ प्रहरीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनीष दुवाडीले लेखेका छन् ।