शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीकृत भयो द्रुतमार्गको डीपीआर

बिहीबार, ०५ भदौ २०७६, ०६ : ११
बिहीबार, ०५ भदौ २०७६

काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त दु्रतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो द्रुतमार्गको डीपीआर भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी नेपाली सेनालाई प्राप्त भएको उनले स्पष्ट पारे ।

कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत भएको हो । यसअघि भारतीय कम्पनीले बनाएको डीपीआर अस्वीकृत भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप