शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल भारत संयुक्त आयोगको बैठक : के-के भयो निर्णय ?

बुधबार, ०४ भदौ २०७६, २३ : ४६
बुधबार, ०४ भदौ २०७६

काठमाडौं-नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक द्विपक्षीय साझेदारी र सहकार्यका विविधि कार्यविवरण अर्थात् ‘मिनेट्स्’मा हस्ताक्षर गर्र्दै आज राति सम्पन्न भएको छ ।

बैठकका सहअध्यक्षद्वय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र उका भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करले बैठकका क्रममा भएका द्विपक्षीय सहमतिका लिखित व्यहोरामा हस्ताक्षर गरेर संयुक्त आयोगको पाँचौँ भेटवार्ता सम्पन्न भएको हो । 

मिनेट्स्मा हस्ताक्षर गरेपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले नेपालको निकटको असल छिमेकी भारतले नेपालप्रति दर्शाएको सद्भावको सराहना गर्दै आयोगको बैठक फलदायी बनेको बताए । 

भारतसँग निकट सम्पर्कमा रहेर सहकार्य र साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउँदै उनले दुवै देशका जनताको बृहत्तर हितमा काम गर्नु आफूहरूको कर्तव्य भएको भन्न छुटाएनन् । आयोगका बैठकलाई नियमित गर्न पनि उनले जोड दिए । 

विदेशमन्त्री जयशङ्करले बैठकपछि हस्ताक्षर भएका कार्यविवरणले भारत–नेपाल सम्बन्धको मार्गचित्र तयार पारेको बताउँदै त्यसबाट नै पारस्परिक सम्बन्ध उन्नत एवं अग्रगामी हुने विचार व्यक्त गरे । 

आजै मन्त्री ज्ञवालीले १३ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय भ्रमणमा आएका मन्त्री जयशङ्करको सम्मानमा रात्रिभोजको आयोजना गरे । 

त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि पूर्वनेपाली राजदूतहरू र नेपाल र भारत सरकारका उच्च अधिकारी सहभागीको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप