उपसभामुख र उपाध्यक्षद्वारा प्रदेश उपसभामुखसँग भिडियो संवाद

काठमाडौं-प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले आज सातवटै प्रदेशसभाका उपसभामुखसँग आज भिडियो संवाद गरेकी छिन् ।
उनीहरुबीच अनुभव आदानप्रदान र समन्वय गर्ने उद्देश्यले भिडियो संवाद गरिएको उपसभामुख डा तुम्बाहाङ्फेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । भिडियो संवादमा उनीहरुले आफ्ना अनुभव साटासाट गर्नुका साथै संसद्लाई प्रभावकारी बनाउन उपसभामुखले खेल्नुपर्ने भूमिका र दायित्वबारे पनि छलफल गरेका छन् ।
प्रतिनिधिसभाका उपसभामुख डा तुम्बाहाङ्फे, राष्ट्रियसभाका उपाध्यक्ष दाहालले सिंहदरबारस्थित आआफ्नै कार्यकक्षबाट र सातवटै प्रदेशका उपसभामुख आ–आफ्नो प्रदेशका कार्यालयस्थित कार्यालयबाट संवाद गरेका थिए ।
प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेल विराटनगरबाट, प्रदेश नं २ का उपसभामुख उपमा देव जनकपुरबाट, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ हेटौँडाबाट, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा पोखराबाट, प्रदेश नं ५ का उपसभामुख कृष्णी थारु बुटवलबाट, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट सुर्खेतबाट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी धनगढीबाट प्रतिनिधिसभाका उपसभामुख डा तुम्बाहाङ्फे, राष्ट्रियसभाका उपाध्यक्ष दाहालसँग भिडियो संवाद गरेका थिए ।
यसअघि उपसभामुख र उपाध्यक्षले प्रदेश उपसभामुखसँग सहकार्य र समन्वय गर्नका लागि अन्तक्र्रिया र अन्तरप्रदेशसभा जस्ता कार्यक्रम राखिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलको जितगढी किल्लालाई विश्वसम्पदा सूचीकृत गर्न पहल गनुपर्छ – मुख्यमन्त्री आचार्य
-
प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ
-
अन्तर्राष्ट्रिय व्यापारमा देखियो सुधार, नौ महिनामा ६५ प्रतिशत वृद्धि
-
बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै
-
नेपाल बार एशोसिएशनद्धारा प्रधानन्यायाधीशको ध्यानाकर्षण
-
स्ववियु चुनाव भाँड्न क्याम्पसमा नेविसंघको तोडफोड, सीसी क्यामेरासमेत फुटाए