शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशी राजदूत र नेता केसीबीच भेटवार्ता

बुधबार, ०४ भदौ २०७६, २२ : २१
बुधबार, ०४ भदौ २०७६

काठमाडौं– काँग्रेस नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसी र नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सबीच बुधबार भेटवार्ता भएको छ । 

केसी निवास गोंगबुमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ । 

यस्तै सो क्रममा राजदूत साम्सले बंगलादेशी राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्मसताब्दीको अवसरमा आयोजना हुने कार्यक्रमका लागि समेत निम्ता दिएकी थिइन् । आगामी मार्च १७, २०२० मा परेको रहमानको जन्मसताब्दीलाई बंगलादेशी सरकारले ‘मुजिव वर्ष’ को रुपमा मनाउन निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप