नेपाल बाहिरियो
बुधबार, ०४ भदौ २०७६, १९ : ४१

काठमाडौं– लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको समूह चरणबाटै बाहिरिएको छ । अघिल्लो चरण प्रवेशका लागि जित्नैपर्ने बाध्यताकाबीच माल्दिभ्सविरुद्ध बुधबार उत्रेको नेपालले ३–० को सोझो सेटमा हार खेप्दै च्याम्पियनसिपको अघिल्लो चरण पुग्नबाट बञ्चित बन्यो । माल्दिभ्स २५–२१, २५–२१, २५–१४ को सोझो सेटमा विजयी भएको थियो ।
यसै च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्सलाई नै हराएर कांस्य पदक जितेको थियो । नेपाली टोलीले यसपटक समूह चरणका दुवै खेल लगातार गुमायो । पहिलो खेलमा पनि नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । नेपाललाई हराएसँगै समूह ‘ए’ को उपविजेताका रुपमा माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक