बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१७ करोड बढी रकम हिनामिना गरेको आरोपमा बैंक प्रबन्धक पक्राउ

बुधबार, ०४ भदौ २०७६, १८ : ४७
बुधबार, ०४ भदौ २०७६

बुटवल– दाङ प्रहरीले एक बर्षअघि एक बैंकमा १७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका प्रबन्धकलाई पक्राउ गरेको छ । साविकको वैष्टन डेभलभमेन्ट बैंक (हाल देव विकास बैंक) मा तत्कालीन  प्रबन्धकको जिम्मेवारीमा रहेका ३० वर्षीय समिर बुढाथोकीलाई १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको अरोपमा प्रहरीले पक्राउ गरेको हो ।  बुढाथाकीलाई लमही बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

‘गत बर्षको बैशाख महिनामा निजले बैंक मर्ज हुनुअघि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको देखिन्छ’  दाङका प्रहरी प्रवक्ता डिएसपी  विनोदविक्रम शाहले भने । उनले भने, ‘हामीले यहि भदौं २ गते बैकिङ्ग कसुर मुद्धा दर्ता गरेर उनलाई पक्राउ गरेका हौं । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप