शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि आयो पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’

बुधबार, ०४ भदौ २०७६, १८ : ३६
बुधबार, ०४ भदौ २०७६

काठमाडौं– पशुपति पेन्ट्सले आफ्ना उपभोक्तामाझ कम्पनीको लोकप्रिय योजना ‘महापर्वको रङ्गोत्सव’ फेरि ल्याएको छ । सदाझैँ यस वर्ष पनि कम्पनीले चाडपर्वको समयलाई लक्षित गरी यस योजना ल्याएको हो । 

यस वर्षको योजना अन्तर्गत उपभोक्ताहरुले ५० हजार बराबरको पेन्ट्स खरिद गरी लक्की ड्र कुपन मार्फत सुन र चाँदीको उपहार जित्न सक्नेछन् । योजनाको अन्तमा लक्की ड्र मार्फत ४ जनाले तेश्रो पुरस्कारको रुपमा जित्नेछन् २०० ग्राम चाँदी, ४ जनाले दोश्रो पुरस्कारको रुपमा जित्नेछन् ५ ग्राम सुन र ४ जनाले पहिलो पुरस्कारको रुपमा  जित्नेछन् १० ग्राम सुन ।

एकजना भाग्यशाली विजेताले भने बम्पर उपहारमा जित्नेछन् २० ग्राम सुन । त्यसैगरी १ लाख बराबरको पेन्ट्स खरिद गर्दा उपभोक्ताले एउटा आकर्षक भित्ते घडी पाउनेछन् तुरुन्तै ।  

पशुपति पेन्ट्सले चाडपर्वलाई लक्षित गरी उपभोक्तामाझ यो योजना ल्याएको यो तेश्रो पटक हो । नेपालको सबैभन्दा पहिलो पेन्ट्सको रुपमा स्थापित पशुपति पेन्ट्सले हालै आफ्नो ३६औँ वार्षिकोत्सव पूरा गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप