मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र जयशंकरबीच के–के भयो कुराकानी ?

बुधबार, ०४ भदौ २०७६, १७ : २२
बुधबार, ०४ भदौ २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा अ‍ोली र भारतीय विदेश मन्त्री एस.जयशंकरबीच भेटघाट सकिएको छ ।  प्रधानमन्त्री निवासमा बुधवार भएको छलफलमा दुई पक्षको बीचमा गम्भीर छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

दुई देशबीचमा रहेको सम्बन्धलाई अझ कसरी बलियो बनाउने त्यसका लागि दुवै पक्षको बीचमा कस्तो छलफल हुने विषयमा कुराकानी भएको बताइएको छ ।  आज बस्न लागेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा प्रस्तुत हुने एजेण्डाको विषयमा पनि दुई पक्ष बीचमा कुराकानी भएको छ । पुराना सन्धी सम्झौता, इपजी प्रतिवेदन, विकासका एजेण्डामा खुलेर छलफल गर्न प्रधानमन्त्री ओलीको सुझाव रहेको बालुवाटार स्रोतले जनाएको छ । 

थप उपचारका लागि भोली सिगांपुर जान लागेका प्रधानमन्त्री ओलीको स्वास्थ्यको बारेमा पनि विदेश सचिव जयशंकरले जानकारी लिएको बताइएको छ ।  यसैबीच आजै ९ वजे राती मधेशवादी दलका नेताहरुसँग पनि भेटघाट गर्ने बताइएको छ । मधेशवादी दलका नेताहरुसँग द्धारिका होटेलमा भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । 
यो पनि पढ्नुहोस्:

 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप