रहेनन् वरिष्ठ निर्देशक किशोर राना
बुधबार, ०४ भदौ २०७६, १७ : ००
काठमाडौं – नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ ।
उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले पुष्टि गरे ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।
कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।
भारतीय चलचित्र नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका मगरले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए । उनको शुक्रबार गर्ने तयारी भएको बताइएको छ । भाइ रञ्जितका अनुसार उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ