रवि लामिछाने पत्नी निकिताको जाहेरी लिन प्रहरीले मानेन
काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।
प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । तर उनलाई प्रहरीले यो केश आफ्नो क्षेत्रात्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको हो ।
रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिंहसँग आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरिक्षक अशोक सिहसङले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए ।
उनले भने, ‘यो केस प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन, चितवन र काठमाडौं प्रदेशका हिसावले पनि समानान्तर जिल्ला हुन् । प्रहरीभित्रको उजुरी प्रहरीले हेर्दैन ।’ निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उजुरी दर्ता गर्न नमानेको बताए ।
प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकता अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्न गएकी छिन् । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण