भारतसँग नेपालको फराकिलो हार
बुधबार, ०४ भदौ २०७६, १५ : ४१
काठमाडौं–भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको छ ।
भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल खाएको थियो । निकै कमजोर देखिएको नेपालले दोस्रो हाफमा पनि दुई गोल खाएको थियो । भारतको जितमा महेसनले दुई गोल गरे । अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरेका थिए ।
नेपालले समूहको दोस्रो खेल सुक्रबार श्रीलंकासँग खेल्नेछ । नेपालले बंगलादेशसँग मंगलबार र अन्तिम खेल बिहिबार भुटानसँग खेल्नेछ ।
नेपाल प्रतियोगिताको साविक विजेता हो । पाँच टोली सहभागि यस प्रतियोगितामा लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।