प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन आज काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा दुई देशबीचको पारस्पारिक सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटवार्तामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी लगायतको सहभागिता रहेको थियो ।
भारतीय विदेशमन्त्री बनेपछि जयशंकर पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।
नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक बिहीबारसम्म चल्नेछ । आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।
बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा पनि छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।
विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले आजै बुधबार साँझ रात्रीभोजको आयोजना गरेका छन् ।
उनले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण