शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माइन्, डाक्टरसमेत चकित

बुधबार, ०४ भदौ २०७६, १३ : ३६
बुधबार, ०४ भदौ २०७६

काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ ।

उत्तरी काजकास्तानमा अवस्थित युराल्स्क गाउँकी लिलिया कोनोभालो जब दोस्रोपटक सुत्केरी हुन क्लिनिक पुगिन् तब त्यहाँका डाक्टरलाई उनी युटेरस डिडेल्फिस नामको निकै दुर्लभ स्थितीमा रहेको थाहा भइसकेको थियो । युटेरस डिडेल्फिसको अर्थ यो हो कि उनको दुईवटा पाठेघर छन् । डाक्टरलाई यसबारे सात वर्षअघि थाहा भइसकेको थियो जब उनी पहिलो पटक गर्भवती थिइन् । उनले निकै सहज तरिकाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । तर यसपटक उनको गर्भावस्था निकै कष्टकर रह्यो किनभने उनी जुम्ल्याहा सन्तानकी आमा बन्दैथिइन् जुन उनका दुईवटा पाठेघरमा छुट्टाछुट्टै हुर्किरहेका थिए ।

मे २४ तारिखमा कोनोभालोभाले २५ हप्तामा नै छोरी जन्माइन्, जसको तौल ८५० ग्राममात्र थियो । जसका कारण उनले थुप्रै हप्ता इन्टेन्सिभ केयरमा बिताउनु पर्यो । उनको दोस्रो छोरा अगस्ट ९ मा जन्मिएका हुन् । उनको तौल २.९ केजी थियो ।

‘मेरो छोरालाई यो संसारमा आउन त्यति हतार भएन,’ लिलियाले पत्रकारलाई भनिन्, ‘जब मलाई आफ्नो स्थितीबारे थाहा भयो तब म निकै चकित परेकी थिएँ । म आफ्नी छोरीको लागि अत्यधिक चिन्तित थिएँ । तर हाम्रा डाक्टर निकै उत्कृष्ट थिए । उनीहरुले जे गरे त्यो चमत्कारभन्दा कम थिएन । उनीहरुले आफूलाई प्रमाणित गराए ।’

अब उनका दुबै सन्तानको तौल लगभग तीन किलो छ । उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने तयारीमा गरिरहेको छ ।

लिलीको अवस्था र जसरी उनले जुम्ल्याहा सन्तानलाई जन्माइन् यो काजकिस्तानको इतिहासको पहिलो घटना बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप