मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी नयाँ पाठ्यक्रममा चिनियाँ चासो

बुधबार, ०४ भदौ २०७६, १३ : ११
बुधबार, ०४ भदौ २०७६

काठमाडौँ । नेपालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चीन सरकारले चासो व्यक्त गरेको छ । 

 बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग भेटगरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय अध्ययनको लागि चीन सरकारले बार्षिक १ हजार विद्यार्थी पठाउने इच्छा व्यक्त गरेका हुन् । 

नेपाल सरकारसँगको सहमतिमा वार्षिक १ हजारको संख्यामा विद्यार्थी पठाउन चीन सरकार तयार रहेको प्रोफेसर थिङले बताएका थिए । 

मंगलबारदेखि काठमाडौँमा सुरु भएको मार्क्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रोफेसर थिङले बुधबार मन्त्री पोखरेलसँग भेटवार्ता गरेका थिए । 

भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि अध्ययन गर्न उपयुक्त देश भएकोले आफूहरु सहयोग गर्न तयार रहेको पनि थिङले प्रष्ट पारे । मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय देशको अहिलेको आवश्यकताको बिषय भएको भन्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाए । 

योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान गर्न नेपाल संस्कृत विश्व विद्यालयका अध्यक्ष डाक्टर हरिप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले पाठ्यक्रम तयार गरी भदौ २ गते मन्त्री पोखरेललाई बुझाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप