बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाथीभरा गोल्डकपको सेमिफाइनलमा आज इलाम र सुनसरी भिड्दै

बुधबार, ०४ भदौ २०७६, १२ : ५९
बुधबार, ०४ भदौ २०७६

ताप्लेजुङ– ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेल इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुन लागेको हो । 

सुनसरीले युकेएफसी दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो । रेडहर्ष इलाम भने फिदिम स्र्पोटिङ क्लबलाई टाइब्रेकरमार्फत ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मङ्गलबार भएको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता रेडस्टार फुटबल क्लब झापा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । उसले बिहीबार हुने सेमिफाइनलको अन्तिम खेलमा एलाभेन एरोज सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ ।

सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ । लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरी १० टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख ११ हजारसहित ट्रफी प्रदान गरिने छ । उपविजेतालाई रु एक लाख ५१ हजार नगदसहित ट्रफी दिइने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप