भलिबलमा अफगानिस्तानको पहिलो जित
काठमाडौं–अफगानिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई ३–२ को सेटमा हरायो ।
अफगानिस्तानले बंगलादेशलाई २५–२१, १९–२५, १८–२५,२५–२३, १५–१२ को सेटमा हराएको हो । जितसँगै समूह ‘बी’ मा रहेको अफगानिस्तानले दुई खेलबाट दुई नै अंक जोडेको छ ।
अफगानिस्तानले सेमिफाइनलको सम्भावना पनि कायम राखेको छ । पहिलो खेलमा अफगानिस्तान तुर्कमेनिस्तानसँग पराजित भएको थियो ।बंगलादेशको भने यो लगातार दोस्रो हार हो । हारसँगै बंगलादेशको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो ।
यसैगरी मंगलबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले तुर्कमिनिस्तानलाई ३–० को सोझो सेटमा हरायो । उज्वेकिस्तानले २५–२१, २५–१८, २५–१५ को सेटमा हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन