मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषले भने, ‘नग्न तस्बिरको चार हजार रुपैयाँ दिन्छु’ महिलाले जे पठाइन् त्यो हेर्न लायक

बुधबार, ०४ भदौ २०७६, १० : ३८
बुधबार, ०४ भदौ २०७६

‘शो बुब्स । सेन्ड न्यूड्स । गिभ सेक्स ।’

यी केही मेसेज हुन् जो धेरैजसो महिलाको सोसल मिडिया इन्बक्समा भेटिन्छ । यो कति अचम्मको छ नि । एकपटक सोच्नुहोस् त तपाईंले वास्तवमा नै कसैलाई भेट्नुहुन्छ, हालखबर नसोधिकनै आफ्नो नग्न तस्बिर देखाउ भन्दा कस्तो हुन्छ । मानिसहरु आमनेसामने हुँदा सायद यस्तो कसैमाथि पनि भएको छैन होला । तर मानिसहरुले सोसल मिडियामा त सबै चल्छ भनेर सोचेका छन् ।

यहाँ यस्तै भएको छ । ट्वीटरमा एक महिलाले केही स्क्रिनसट सेयर गरिन् । त्यो स्क्रिनसट सोसल मिडियामा उनको र एक व्यक्तिबीच भएको कुराकानीको थियो । अब यो ट्वीट भाइरल भइरहेको छ । ट्वीटरमा महिलाको नाम हो ल्याश–१३ ।

लामो समयदेखि एक व्यक्ति उनीसँग कुरा गर्न खोजिरहेका थिए । महिलाले उनीसँग कुरा गरिन् । कुरा सुरु भएको केही क्षणमा नै ती व्यक्तिको उद्देश्य के थियो त्यो स्पष्ट भयो । निकै कम समयमा उनले ती महिलासँग अचम्मको माग राखे । तस्बिर (पक्कै पनि नग्न) पठाउने माग । साथै उनले एउटा प्रस्ताव पनि राखे । तस्बिर पठाए बापत् उनी महिलालाई ३० पाउन्ड दिन तयार थिए । नेपाली रुपैयाँ चार हजार बढी ।

महिलाले उनलाई पाठ सिकाउने सोचसहित पैसा पठाउन भनिन् । निक नामका ती व्यक्तिले पैसा पनि पठाइदिए ।

त्यसपछि उनले जे गरिन् त्यो निकै रोचक छ ।

उनले ती पैसाले आफ्नो लागि एउटा चीनियाँ खाजा सेट मगाइन् । फ्रेन्च फ्राइज, चाउचाउलगायत । त्यसपछि उनले लोभलाग्दो खाजाको एउटा तस्बिर खिचिन् र उनलाई पठाइदिइन् ।

ट्वीटरमा मानिसहरु उनको निकै तारिफ गरिरहेका छन् । उनले ती व्यक्तिलाई पाठ पढाएको भन्दै धेरैको प्रशंसा बटुलेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप