किन अस्वीकार गरिन् शिल्पाले १० करोडको अफर ?

बलिउड अभिनेत्री सबैभन्दा बढी फिट रहेकी शिल्पा शेट्टी ४४ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । उनी सफल फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटकै कारण सधैँ चर्चामा रहिरहन्छिन् ।
४४ वर्षको उमेरसम्म पनि फिट रहेकी शिल्पालाई एउटा आयुर्वेद उत्पादन कम्पनीले विज्ञापनको लागि १० करोड भारतीय रुपियाँ अफर गरेको थियो । तर उनले १० करोडको अफर अस्वीकार गरिदिइन् ।
मिडिया रिपोर्टको अनुसार एउटा कम्पनीले शिल्पालाई ‘आयुर्वेदिक स्लिमिंग पिल्स’ को प्रमोशनको लागि अफर गरेको थियो । आयुर्वेदिक विधिबाट पातलो बन्ने चक्कीको विज्ञापनको लागि गरिएको उक्त अफर उनले अस्वीकार गरिदिइन् ।
शिल्पाले भनिन्, ‘म कुनै यस्तो कुनै कुरा पनि बेच्न सक्दिन जसमा मलाई विश्वास छैन । स्लिमिंग पिल्स र फ्याट डाइट तपाईंलाई आर्कषित त गर्न सक्छन् किनकी यसले छिट्टै असर देखाउँछ । तर एउटा नियममा टिकिराख्नुे र स्वस्थ खानुमा आफूलाई गर्व महसुस हुन्छ । यसको मुकाबिला कसैले गर्न सक्दैन । भनेको मतलब कसैको दबाबमा आएर कोहि मोटो वा दुब्लो बन्न सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक