.... नभए लाग्नेछ सलमान खानमाथि प्रतिबन्ध !
बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम गरे उनीमाथि पनि प्रतिबन्ध लाग्ने चेतावनी दिइएको हो ।
मिका सिंहमाथि पाकिस्तानमा गएर प्रस्तुती दिएको विरोधमा अल इन्डिया सिने वर्कर्स असोसिएशन (एआईसीडब्ल्यूए) र एफडब्ल्यूआईसीईले प्रतिबन्ध लगाउँदै अब उनीसँग कसैले पनि काम गर्न नपाउने बताएको थियो । तर मिड डेको एक रिपोर्ट अनुसार आगामी २८ अगस्टमा अमेरिकाको ह्यूस्टनमा कन्सर्ट हुँदैन । सलमान खानको उक्त कार्यक्रममा मिका सिंहले पनि प्रस्तुती दिने रिपोर्ट सार्वजनिक भएको छ । यदि यस्तो भएको खण्डमा संस्थाले दुबैमाथि प्रतिबन्ध लगाउने बताएको छ ।
यसबारे संस्थाको तर्फबाट जारी बयानमा मिकासँग यदि कसैले काम गर्छ भने जतिसुकै ठूलो स्टार किन नहोस् उनीहरुमाथि पनि प्रतिबन्ध लगाइने बताइएको छ ।
जानकारीका अनुसार मिका सिंह र यी दुई संस्थाले बुधबार एक संयुक्त पत्रकार सम्मेलन आयोजना गर्नेछन् । यसमा मिकाले देशसँग माफीसमेत माग्ने बताइएको छ । त्यसपछि मात्र उनीमाथि लागेको प्रतिबन्ध हटाइने बताइएको छ । तर यदि उनले माफी माग्न अस्विकार गर्छन् भने उनीमाथिको प्रतिबन्ध जारी रहने छ ।
सलमान र मिका गर्नेछैनन् स्टेज सेयरः
मिड डेको एक रिपोर्टलाई विश्वास गर्ने हो भने यसबारे जब सलमान खानको टिमसँग सम्पर्क गरियो तब उनीहरुले कन्सर्टका लागि भावेश पटेलसँग डिल भएको जानकारी दिए । उनीहरुका अनुसार एक स्थानीय प्रोमोटले मिकासँग डिल गरेको र उनलाई लाइन अपमा जोडेका हुन् । टिमले कन्सर्टमा सलमान र मिका सँगै स्टेजमा नदेखिने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण