.... नभए लाग्नेछ सलमान खानमाथि प्रतिबन्ध !

बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम गरे उनीमाथि पनि प्रतिबन्ध लाग्ने चेतावनी दिइएको हो ।
मिका सिंहमाथि पाकिस्तानमा गएर प्रस्तुती दिएको विरोधमा अल इन्डिया सिने वर्कर्स असोसिएशन (एआईसीडब्ल्यूए) र एफडब्ल्यूआईसीईले प्रतिबन्ध लगाउँदै अब उनीसँग कसैले पनि काम गर्न नपाउने बताएको थियो । तर मिड डेको एक रिपोर्ट अनुसार आगामी २८ अगस्टमा अमेरिकाको ह्यूस्टनमा कन्सर्ट हुँदैन । सलमान खानको उक्त कार्यक्रममा मिका सिंहले पनि प्रस्तुती दिने रिपोर्ट सार्वजनिक भएको छ । यदि यस्तो भएको खण्डमा संस्थाले दुबैमाथि प्रतिबन्ध लगाउने बताएको छ ।
यसबारे संस्थाको तर्फबाट जारी बयानमा मिकासँग यदि कसैले काम गर्छ भने जतिसुकै ठूलो स्टार किन नहोस् उनीहरुमाथि पनि प्रतिबन्ध लगाइने बताइएको छ ।
जानकारीका अनुसार मिका सिंह र यी दुई संस्थाले बुधबार एक संयुक्त पत्रकार सम्मेलन आयोजना गर्नेछन् । यसमा मिकाले देशसँग माफीसमेत माग्ने बताइएको छ । त्यसपछि मात्र उनीमाथि लागेको प्रतिबन्ध हटाइने बताइएको छ । तर यदि उनले माफी माग्न अस्विकार गर्छन् भने उनीमाथिको प्रतिबन्ध जारी रहने छ ।
सलमान र मिका गर्नेछैनन् स्टेज सेयरः
मिड डेको एक रिपोर्टलाई विश्वास गर्ने हो भने यसबारे जब सलमान खानको टिमसँग सम्पर्क गरियो तब उनीहरुले कन्सर्टका लागि भावेश पटेलसँग डिल भएको जानकारी दिए । उनीहरुका अनुसार एक स्थानीय प्रोमोटले मिकासँग डिल गरेको र उनलाई लाइन अपमा जोडेका हुन् । टिमले कन्सर्टमा सलमान र मिका सँगै स्टेजमा नदेखिने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता