शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा स्कारपियाको ठक्करबाट एकको मृत्यु

बुधबार, ०४ भदौ २०७६, ०८ : ३५
बुधबार, ०४ भदौ २०७६

चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।

हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्दाजी ३०/३५ वर्षीय मृतक साइकलयात्रीको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप