२६ स्थानीय तह अझै बजेटविहीन
बुधबार, ०४ भदौ २०७६, ०६ : ३८

चालु आर्थिक वर्षको असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि अझै २६ वटा स्थानीय तह बजेटविहीन छन् । तिनीहरुले नगररगाउँपालिकाको सभामा बजेट पेश गरेका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्था ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालीका र नगर कार्यपालीकाले आगामी आवका लागि असार महिनाको १० गतेभित्र राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँर नगरसभामा पेश गरी स्वीकृत भएपछि मात्रै खर्चनुपर्ने कानुनी व्यवस्था भएपनि २६ वटा स्थानीय तहले यस विपरितका कार्य गर्दै आएका छन् ।
प्रदेश नं १ र कर्णाली प्रदेशका सबै स्थानीय तहले बजेट ल्याइसकेपनि अन्य प्रदेशका केही स्थानीय तहले बजेट ल्यान नसकेका हुन् ।
यो समाचार कारोबार दैनिकमा भगवान खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?