शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

बुधबार, ०४ भदौ २०७६, ०६ : २७
बुधबार, ०४ भदौ २०७६

‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए । 

उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे । तर सहरको धुलोको समस्या ज्युँका त्युँ रह्यो ।

सडक पिच नगरिएका तथा भएका खाल्डाखुल्डी नपुरिएकै कारणले ब्रुमरको काम प्रभावकारी हुन नसकेको बताइएको छ । सो कार्यक्रममा मेयर शाक्यले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, केयुकेएल र महानगरपालिका वातावरण विभागको समन्वयमा काठमाडौँका सडकका खाल्डाहरु पिच गर्ने, ढल व्यवस्थापनलगायत कामको बाँडफाँट गरी कार्यान्वयन गर्ने समेत बताएका थिए । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप