माछापुच्छ्रे बैंकको ऋणपत्र आह्वानमा अपेक्षाभन्दा बढी आवेदन
काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्रमा माग गरेभन्दा बढी आवेदन परेको छ । बैंकले साउन ६ गतेदेखि जारी गरेको ३ अर्ब बराबरको ऋणपत्रमा माग गरेभन्दा बढी आवेदन परेको हो । आइसीआरएएन आइबार ए माइनस रेटिंग प्राप्त माछापुच्छ्रे ऋणपत्रमा बजारमा लगानीयोग्य रकम अभाव देखिइरहेको परिप्रेक्ष्यमा पनि आशा गरिएभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।
ऋणपत्रमध्ये मागगरेभन्दा बढी आवेदन प्राप्त माछापुच्छ्रे बैंक पहिलो बैंक हो । बैंकले बार्षिक १०.२५ प्रतिशत ब्याजदरसहित १० वर्ष अवधिको लागि ३ अर्बको ऋणपत्र जारी गरेको थियो । बैंकले २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवदेन गर्न सक्नेगरी छिटोमा साउन ९ गते तथा ढिलोमा भदौ ३ गतेसम्मका लागि निश्कासन भएको ऋणपत्रमा अपेक्षा गरेभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।
बैंकमा ग्राहको अपार माया र विश्वासको प्रतिफलस्वरुप बैंकले जारी गरेको ऋणपत्रमा अपेक्षाभन्दा बढी आवेदन परेको माछापुच्छ्र्रै बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत