ओली सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई कमजोर बनायो : विमलेन्द्र निधि
बुटवल– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले प्रदेश सरकारका मुख्यमन्त्री र गृहमन्त्रीलाई कमजोर बनाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवले मंगलबार आज बुटवलमाआयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
नेता निधिले संविधान र संघीय मर्मअनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश सरकार कमजोर भएको बताए । केन्द्र सरकारका कारण सातै प्रदेशका मुख्यमन्त्रीलाई निरिह बनाउने काम सरकारले गरेको उनको दाबी छ ।
सरकार संविधान र संघीय मर्मअनुसार चल्न नसक्दा लोकतन्त्र कमजोर बनेको बताउँदै उनले सरकार र सत्तापक्षीय दल नेकपाका कारण संविधान र संघीयता धरापमा परेको आरोप लगाए । पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सरकारले शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेहरुलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताए । उनले निर्मला हत्या प्रकरण रेकडेट इस्सु भएको समेत दाबी गरे ।
नेता निधिले काँगे्रसको नेतृत्वमा संविधान र संघीयता आएको दावी गर्दै पार्टी संविधान र संघीयताको पक्षमा रहेको बताए । राजनीतिक अधिकार र विकासका कामलाई जनतासम्म पुर्याउने गरी कांगे्रसले माथिदेखि तलसम्म प्रशिक्षण चलाएको बताए । सोही क्रममा सो पार्टीले प्रदेश ५ मा दुई दिने प्रशिक्षण चालएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर