लोकसेवा आयोगको विज्ञापन समावेशी छ: मन्त्री पण्डित
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालीन अवस्थामा समावेशी भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हुन् ।
उनले लोक सेवा आयोगको विज्ञापन आवश्यकता, माग र तत्कालिन कानुन अनुकूल रहेकाले रद्द गर्नुनपर्ने स्पष्ट पारे । उनले भने, ‘अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तात्कालिन स्थितिमा समावेशी छ । लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालिन कानुनी व्यवस्था अनुकूल भएकाले रद्द गरिहनु पर्ने आवश्यकता छैन ।’
उनले नीतिगत कामका लागि टे«ड युनियन आवश्यक भएपनि कुन रुपमा रहने भन्ने छलफलको क्रममा नै रहेको स्पष्ट पारे । साथै उनले समायोजनमा गएका राष्ट्रसेवक कर्मचारीको मनोबल वृद्धि गरि खस्कन नदिने प्रतिवद्धता पनि जाहेर गरे । उनले संघमा समायोजन भएका कर्मचारीलाई श्रेणीगत रुपमा तलब भत्ता उपलब्ध गराइएको र प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तहगत रुपमा तलब भत्ता निर्धारण गरिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
-
धनगढीमा श्री एयरलाइन्सको जहाजको अगाडीको चक्काको बेरिङ पड्कियो
-
नेपाल आउँदै ज्याकलिन, रनवेमा शो स्टपर बन्ने
-
९ वर्षपछि चीनमा बढ्यो विवाह गर्नेको सङ्ख्या
-
बाहिरको शिक्षालाई विरोधभन्दा सदुपयोग गर्न जोड
-
महिला अधिकारको प्रसङ्ग उठाउँदै अस्ट्रेलियाले अफगानिस्तानसँग क्रिकेट खेल्न मानेन