मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मुस्ताङमा आर्यनसँग रोमान्टिक देखिइन् मिरुना

मङ्गलबार, ०३ भदौ २०७६, १८ : १६
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– प्रदर्शनरत फिल्म ‘हजार जुनीसम्म’मा अभिनेता आर्यन सिग्देलल युवा तथा बुढ्यौली दुई अवतारमा प्रस्तुत भएका छन् । निर्माण युनिटले भने फिल्मको प्रचारमा उनको बुढ्यौली अवतार मात्रै प्रचार गरेका थियो ।  मङ्सिर ६ गते प्रदर्शनमा आउने फिल्म ‘च च हुई’ मा उनको लुक के होला दर्शकमा भएको कौतुहलता हो यो ।  यो कौतुहल्ता अहिले मेटिएको छ ।

निर्माण युनिटले पहिलोपटक मंगलबार फिल्मका केही तस्विर सार्वजनिक गरेको छ । जसले आर्यनको अभिनयको बिषयमा रहेको कौतहलता मेटाएको छ । तस्बिर अनुसार फिल्ममा उनको लुक चक्लेटी रहेको अनुमान गर्न सकिन्छ । सार्वजनिक तस्बिरमा आर्यनसँगै उनको स्टार मिरुना मगर र भोलाराज सापकोटा समेत देखिएका छन् । 

फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन् । तस्वीरहरु ‘सिल्की सिल्की बाल’ बोलको गीत छायाँकनको हो । मुस्ताङ्गको चुसाङ्गमा छायाँकन गरिएको गीतको सार्वजनिक तस्विरमा आर्यन र मिरुनाको केमेष्ट्री राम्रो देखिएको छ । 

गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ, भने यसलाई राजनले नै कम्पोज गरेका हुन् ।  गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । 

साम्तेन भुटियाको निर्देशन र सम्पादन रहेको फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ ।  फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप