बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निरन्तर ओरालोतर्फ नेप्से

मङ्गलबार, ०३ भदौ २०७६, १७ : २९
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो । 

सोमबार ७ दशमलव २३ बिन्दुले बढेको नेप्से परिसूचक आज भने ८.४३ घटेर एक हजार २१३.६३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७६ बिन्दुले घटेर २६३.१९ बिन्दुमा पुगेको छ । नेप्से घट्दा कारोवार रकम पनि ओरालो लागेको छ । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता शेयर रु २७ करोड २५ लाख नौ हजार २० मूल्यमा खरीद बिक्री भए । 
 
स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लागेको छ । यस्तै १० उपसमूहको भने शेयर घटेको छ । व्यापार ६.५९ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ६.८३, होटल १३.८४, विकास बैंक ७.०४, जलविद्युत् १३.२८, वित्त २.०४, निर्जीवन बीमा २५.५९, उत्पादन ११.८६, अन्य ५.३४, लघुवित्त १३.१२, जीवन बीमा ५६.१६ बिन्दुले घटेको छ ।
 
कारोवार आधारमा आज होटल सोल्टी शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड ३५ लाख ८४ हजार ८९५ बराबरको शेयर कारोवार भएको छ । यस्तै रसुवागढी जलविद्युत् कम्पनी रु एक करोड ६५ लाख ६० हजार २८०, एनआइसिएसिया बैंक रु एक करोड ३२ लाख ९७ हजार १७१, नेपाल बैंक लिमिटेड रु एक करोड ३४ लाख एक हजार ४८०, नबिल बैंक रु ९७ लाख ४१ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

स्टकका अनुसार कारोवारका आधारमा आज सबैभन्दा बढी कमाउनेमा विशाल बजार लिमिटेड रहेको छ । सो कम्पनीका शेयरधनीले ५.६२ प्रतिशतले कमाए । ग्रीन डेभलपमेन्ट बैंक ३.७७, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.४७, गुह्येश्वरी मर्चेन्ट बेंक एण्ड फाइनान्स २.५९, सपोट माइक्रोफाइनान्स २.४३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २ प्रतिशतले कमाए । 

स्टकका अनुसार आज सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका शेयरधनीले ९.५६ प्रतिशतले गुमाए । दिव्येश्वरी हाइड्रोपावर पाँच, हिमालयन पावर पार्टनर ४.९३, गुराँस लघुवित्त वित्तीय संस्था ४.७९, अरुण काबेली पावर ४.२९ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.०६ प्रतिशतले गुमाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप