शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थपियो

मङ्गलबार, ०३ भदौ २०७६, १७ : २०
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।  यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप