उड्ने भो नेपाली ध्वजबाहक जहाज जापानको ‘ओसाका’
काठमाडौं– नेपाल एयर लाइन्सले पहिलोपटक जापान उडान भर्ने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल वायुसेवा निगम (एनएसी)ले अगष्ट २९ तारिख अर्थात् भदौ १२ गतेदेखि जापानको ओसाकामा उडान भर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमार्फत एनएसीले जापान उडानका लागि लामो समयदेखि गृहकार्य गरिरहेको र पछिल्लो समय उडानको सम्पूर्ण तयारी पूरा गरेर उडान भर्न सफल भएको जनाएको छ । निगमले काठमाडौं–ओसाका, ओसाका–काठमाडौं गर्ने ए–थ्री ३० एयर बसको व्यवस्थापन गरिएको बताएको छ ।
दुई सय ७४ प्यासेन्जर सिट क्षमताको उक्त एयर बसले हप्ताको तीन उडान भर्ने निगमले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले उडान सम्बन्धी सम्पूर्ण तयारी पूरा गरी नेपाल वायुसेवा निगमले पहिलोपटक जापानमा नेपाली ध्वजवाहक जहाज उडाउन लागिएको बताए ।
‘हामीले जापान सिभिल एभियसनसँगको ठूलो प्रयासपछि उडान भर्न सफल भएका छौं । आशा छ पछिल्ला दिनहरुमा जापानसँगको हाम्रो व्यापार राम्रो हुने छ ।’ खरेलले भने, ‘पहिलो चरणमा ओसाकाबाट उडान शुरु गरेको एनएसीले विस्तारै टोकियो विमानस्थल ‘नारिता’मा समेत उडान भर्ने छ ।’
‘अहिले ओसाका उडानका लागि अधिकतम लोड पूरा गरेर उडाउने प्रयास भइरहेको छ ।’ निगमका अनुसार नेपाल एयर लाइन्सको पहिलो उडानका लागि करिब ९० सिट बुकिङ्ग भइसकेको छ । यो संख्या अझ बढ्न सक्ने र अधिकतम ८५ प्रतिशत सिट भरिने निगमको भनाइ छ ।
सेप्टेम्बर महिनाभर निगमको जहाज जापान घाटामै उड्ने र त्यसपछि दिनहरुमा भने क्रमश यात्रुको संख्या बढ्दै जाने र घाटा नहुने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी