केन्द्रीय संस्करण

के प्रधानमन्त्री ओलीको उपचार नेपालमा सम्भव नभएको हो ?

person explore access_timeभदौ ३, २०७६ chat_bubble_outline0
file photo

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली फेरि स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिँगापुर जाने तयारीमा छन् । प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको छ । ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ ।

सिंगापुरबाट फर्केपछि प्रधानमन्त्री ओली आफैंले ‘मेरो स्वास्थ्य ठिक छ’ भन्ने प्रतिक्रिया बाहेक स्वास्थ्यको बारेमा अहिलेसम्म कुनै पनि जानकारी आएको छैन । 

साउन १८ गते उपचारको लागि गएका प्रधानमन्त्री साउन २७ गते फर्केका थिए । फेरि उपचारको लागि जाने भन्ने कुरा आएपछि आज प्रतिनिधसभाको बैठकमा सांसदले के प्रधानमन्त्रीको उपचार नेपालमा सम्भव नभएको हो भन्ने प्रश्न गरेका थिए । 

आजको प्रतिनिधसभाको बैठकमा प्रश्नोत्तरका क्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भन्ने प्रश्न  गरेपछि जवाफमा उपप्रधानमन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव भएपनि डाक्टरको सल्लाह अनुसारनै प्रधानमन्त्रीलाई उपचारको लागि सिंगापुर सिफारिस गरेको बताए । 

प्रधानमन्त्री ओलीको ०६४ साल साउन १५ गते किड्नी ट्रान्सप्लान्ट गरेको थियो । प्रधानमन्त्रीलाई बुहारी अञ्जनाले किड्नी दिएकी थिइन् । 

 

 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...