शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुसाइड नोट’ भेटियो सिंहदरबारभित्र मृत भेटिएका केसीको साथबाट

मङ्गलबार, ०३ भदौ २०७६, १५ : २७
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं । मंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सुसाइड नोट फेला परेको छ । 

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सुसाइड नोट भेटिएको पुष्टि गरे । 

कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सुसाइड नोटमा ‘कसैलाई दोष नदिनु’ भनेर लेखेको डीएसपी बुढाथोकीले बताए । सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ । 

साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ । 


केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा समेत भेटिएको छ । आयोगका कर्मचारीले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

केसीको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाउन तयारी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप