सत्तारुढ सांसदको प्रश्न: काठमाडौंमा राँगाभैंसी कहाँबाट आउँछन् ?
काठमाडौँ– सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगा भित्रिने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् । उनले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैंसी नभित्रिए पनि काठमाडौमा राँगाभैसीको अभाव नहुनुले चोरी निकासीबाट भित्रिने गरेको दावी गरे ।
मंगलबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘काठमाडौंमा ममचा छोयलाको अभाव छैन । वीरगञ्ज भन्सारबाट दश हजार राँगाभैंसी आउँथे । तर गत चैत महिनादेखि एउटा पनि आएका छैनन् ।’
उनले वीरगञ्ज नाकाबाट राँगाभैंसी ल्याउँदा प्रतिगोटा ८ सय ५६ रुपैयाँ राजश्वसमेत जम्मा हुन छोडेको बताए । ‘पशु क्वारेन्टाइनले राँगाभैंसीको सिगान पुछेर पठाउँथ्यो, त्यो पनि गरेको छैन । तर काठमाडौंमा राँगाभैसीको अभाव छैन । यसको मतलव त्यो चोरीबाटोबाट आएको छ ।
पशुको स्वास्थ्य जाँच गरिएको छैन । यस्तो लापरवाही किन भयो ?’ सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले राज्य व्यवस्था समितिले बाढी पहिरोको निरीक्षण गर्ने क्रममा मकवानपुरसहित कयौं जिल्लाको नाम छाडेर १२,१३ जिल्ला प्रभावित भनेर प्रतिवेदन आएको भन्दै त्यसलाई पूर्ण प्रतिवेदन भन्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल