
सत्तारुढ सांसदको प्रश्न : काठमाडौँमा राँगाभैसी कहाँबाट आउछन् ?
काठमाडौँ–सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् ।
उनले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैसी नभित्रिएपनि काठमाडौँमा राँगाभैसीको अभाव नहुनुले चोरी निकासीबाट भित्रने गरेको दावी गरे ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘काठमाडौंमा ममचा छोयलको अभाव छैन । वीरगञ्ज भन्सारबाट दश हजार राँगाभैसी आउँथे । तर गत चैत महिनादेखि एउटा पनि आएका छैनन् ।’
उनले वीरगञ्ज नाकाबाट रागाभैंसी ल्याउँदा प्रतिगोटा ८५६ रुपैयाँ राजस्व समेत जम्मा हुन छोडेको बताए । ‘पशु क्वारेन्टाइनले रागाभैसीको सिगान पुछेर पठाउथ्यो,त्यो पनि गरेको छैन । तर काठमाडाँैमा राँगाभैसीको अभाव छैन । यसको मतलव त्यो चोरीबाटोबाट आएको छ ।
पशुको स्वास्थ्य जाँच गरिएको छैन । यस्तो लापरवाही किन भयो ?’ सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले राज्य व्यवस्था समितिले बाढी पहिरोको निरीक्षण गर्ने क्रममा मकवानपुरसहित कैयौँ जिल्लाको नाम छाडेर १२,१३ जिल्ला प्रभावित भनेर प्रतिवेदन आएको भन्दै त्यसलाई पुर्ण प्रतिवेदन भन्न नमिल्ने बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ