शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खगेन्द्र, विपिन र निखिल मध्ये को बन्लान् उत्कृष्ट हिरो ?

मङ्गलबार, ०३ भदौ २०७६, १३ : २८
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं–अभिनेता खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच उत्कृष्ट अभिनेताको लागि प्रतिस्पर्धा हुने देखिएको छ । कामना फिल्म अवार्डस् २०७६ ले सार्वजनिक गरेको उत्कृष्ट ५ मनोनयन सूचीमा यी कलाकार एक अर्काेको प्रतिस्पर्धामा देखिएका हुन् । 

चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्था तथा चलचित्रकर्मीहरुसँगको बृहत छलफल पश्चात तयार पारिएको निर्णायक मण्डलले झण्डै एक महिना समय लगाएर अवालोकन गरी २६ विधाको उत्कृष्ट ५ मनोनयन सूची तयार गरेको छ । जुन सूचीमा अभिनेत्रीतर्फ दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा देखिएका छन् । 

त्यस्तै सर्वोत्कृष्ट चलचित्र विधामा छक्का पञ्जा ३, डमरुको डण्डी वियो, नाई नभन्नु ल ५, प्रसाद र साइलीबीच भिडन्त हुने भएको छ ।

सार्वजनिक मनोनयन सूचिमा चलचित्र नाई नभन्नु ल ५ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ । यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, सहअभिनेत्री, नवअभिनेता, संगीतकार, गीतकार, पाश्र्वगायिका, बालकलाकार, पटकथा, कोरियोग्राफी, पाश्र्वसंगीत, ध्वनिमिश्रण, छायांकन, सम्पादन र श्रृंगार विधाको मनोनयनमा परेको छ ।

त्यसैगरी चलचित्र छक्का पञ्जा ३ र डमरुको डण्डीबियो १२÷१२ विधाको मनोनयमा परेको छ । छक्का पञ्जा ३ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, सहअभिनेता, पाश्र्वगायक, हास्य कलाकार, कोरियोग्राफी, कथा, पटकथा, संवाद, ध्वनि मिश्रण र सम्पादन विधाको मनोनयन परेको छ । यो चलचित्रबाट दीपकराज गिरी कथा, पटकथा र संवाद गरी ३ विधाको मनोनयमा परेका छन् ।

 त्यसैगरी डमरुको डण्डीबियो सर्वोत्कृष्ट चलचित्र, अभिनेता, नवनिर्देशक, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, पाश्र्वसंगीत, ध्वनिमिश्रण, सम्पादन र श्रृंगार विधाको मनोनयमा परेको छ। यो चलचित्रबाट खगेन्द्र लामिछाने अभिनेता, कथा, पटकथा र संवाद गरी ४ विधाको मनोनयनमा छन् ।
 
यस्तो छ उत्कृष्ट ५ मनोनयन सूची 
छक्का पञ्जा ३   
डमरुको डण्डीबियो   
नाई नभन्नु ल ५   
प्रसाद   
साईंली   

विधाः सर्वोत्कृष्ट निर्देशक
मिलन चाम्स – बोबी   
दिपाश्री निरौला – छक्का पञ्जा ३   
विकासराज आचार्य – नाई नभन्नु ल ५   
दिनेश राउत – प्रसाद   
रामबाबु गुरुङ – साईंली   
रामशरण पाठक – सयकडा दस

विधा : सर्वोत्कृष्ट नवनिर्देशक
चक्कर – अनुष्क रौनियार
वसन्त अधिकारी – जानी नजानी 
छेतन गुरुङ – डमरुको डण्डीवियो   
सम्राट शाक्य – यात्रा    
संगीता श्रेष्ठ – कथा काठमाडौं   

विधा :  सर्वोत्कृष्ट अभिनेता
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो   
विपिन कार्की – गोपी    
विपिन कार्की – प्रसाद    
गौरव पहारी – सार्इंली   
निखिल उप्रेती – भिलेन
   
विधा :  सर्वोत्कृष्ट अभिनेत्री   
दिपिका प्रसाईं – छक्का पञ्जा ३   
मेनुका प्रधान – सार्इंली   
नम्रता श्रेष्ठ – प्रसाद   
पूजा शर्मा – रामकहानी
सिल्पा पोखरेल – भिलेन   

विधा : सर्वोत्कृष्ट नवअभिनेत्री
सुहाना थापा – ए मेरो हजुर ३   
कविता गुुरुङ – बोबी   
निरिषा बस्नेत – जानी नजानी   
सुपुष्पा भट्ट – रणवीर   
मलिका महत – यात्रा   
      
विधा : सर्वोत्कृष्ट नवअभिनेता
कपील खत्री – भिलेन   
उत्सव न्यौपाने – सयकडा दस   
अभिषेक नेपाल – नाइं नभन्नु ल ५   
उमेश थापा – बोबी   
किशोर खड्का – बाँध मायाले 

विधाः सर्वोत्कृष्ट सहअभिनेत्री
ऋचा शर्मा – चक्कर   
नम्रता श्रेष्ठ – जानी नजानी   
सन्ध्या केसी – कथा काठमाडौं   
प्रियंका कार्की – नाई नभन्नु ल ५   
रश्मी भट्ट – सयकडा दस

विधाः  सर्वोत्कृष्ट सहअभिनेता
जितु नेपाल – छक्का पञ्जा ३   
अनुुप बराल – डमरुको डण्डीवियो   
दयाहाङ राई – साईंली   
मनोज गजुरेल – सयकडा दस   
सलोन बस्नेत – यात्रा    

विधाः सर्वोत्कृष्ट खलपात्र
धु्रव कोईराला – भिलेन   
प्रसान्त ताम्राकार – रणवीर   
निश्चल बस्नेत – प्रसाद   
प्रमोद अग्रहरी – कथा काठमाडौं  
अर्पण थापा – चक्कर   

विधा : सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा ३   
केदार घिमिरे – रामकहानी   
रविन्द्र झा – रामकहानी   
राजाराम पौडेल – बाँध मायाले   
विल्सनविव्रmम राई – रामकहानी    

विधा : सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – भैरे    
अनुभव रेग्मी – नाईं नभन्नु ल ५   
कुसाग्र भट्टराई – कोहलपुर एक्सप्रेस   
लक्की भण्डारी – चङ्गा   
सेड्रीना शर्मा – नाईं नभन्नु ल ५   

विधा : सर्वोत्कृष्ट  कथा
दीपकराज गिरी – छक्का पञ्जा ३   
खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो  
दिपेन्द्र लामा – गोपी   
रामबाबु गुरुङ – साईंली   
सम्राट शाक्य – यात्रा   
      
विधा : सर्वोत्कृष्ट पटकथा
रामसरण पाठक – सयकडा दस  
सुसिल पौडेल – प्रसाद   
विकासराज आचार्य र सामिप्यराज तिमल्सीना – नाईं नभन्नु ल ५   
खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो   
दीपकराज गिरी – छक्का पञ्जा ३   
      
विधा : सर्वोत्कृष्ट संवाद
सुसिल पौडेल – प्रसाद   
रामसरण पाठक – सयकडा दस   
रामबाबु गुरुङ – साईंली   
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो 
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ – छक्का पञ्जा ३    

विधा : सर्वोत्कृष्ट गीतकार
दिपेश उप्रेती – डुली डुली÷यात्रा   
कालीप्रसाद बास्कोटा – बगी रहेँ÷साईंली   
दिनेश थपलिया– 
तिम्रो आँखामा÷नाईं नभन्नु ल ५
विप्लव प्रतिक – तेरो आफ्नो भन्नु÷गोपी   
एकनारायण भण्डारी – 
जिन्दगी नै भन्दिनं÷ए मेरो हजुर ३
      
विधाः सर्वोत्कृष्ट संगीतकार
कालीप्रसाद बास्कोटा – बगी रहें÷सार्ईली
बसन्त सापकोटा – 
तिम्रो आँखामा÷नाईं नभन्नु ल ५ 
बसन्त सापकोटा – आँखाको नानी÷बोबी 
सरोज पोखरेल – तिम्रो स्वरमा÷अनुराग 
आशिष अविरल – 
जिन्दगी नै भन्दिनं÷ए मेरो हजुर ३

विधाः सर्वोत्कृष्ट पाश्र्वगायक
सुगम पोखरेल – तिम्रो लागि÷रामकहानी 
सुगम पोखरेल – सँगै सँगै÷बाँध मायाले   
प्रतापदास – तिम्र्रोे स्वरमा÷अनुराग
हेमन्त राना – बगी रहें÷साईली
डेविड शंकर – पहिलो नम्बरमा÷छक्का पञ्जा ३ 

विधाः सर्वोत्कृष्ट पाश्र्वगायिका
मेलिना राई – डुली डुली÷यात्रा   
अञ्जु पन्त – झ्यानाकुटी झ्याइँ÷भिलेन   
मेलिना राई – तिम्रो आँखा÷नाईं नभन्नु ल ५   
मेलिना राई – सान्नानीलाई÷भैरै   
अञ्जु पन्त – सँगै सँगै÷बाँध मायाले   

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक
प्रविण सिंह – परान परान÷ए मेरो हजुर ३
कविराज गहतराज – सन्नानीलाई÷भैरे   
कविराज गहतराज – पहिलो नम्बरमा÷छक्का पञ्जा ३
कविराज गहतराज – तिम्रो आँखौमा÷ नाईं नभन्नु ल ५   
कविराज गहतराज – तिम्रो लागी÷रामकहानी   

विधाः सर्वोत्कृष्ट द्वन्द निर्देशक
सूर्य थोक्कर – भैरे   
शुक्रराज शाह – भिलेन 
रोशन श्रेष्ठ – बाँध मायाले   
हिमाल केसी – यात्रा   
चन्द्र पन्त – रणवीर  

विधाः सर्वोत्कृष्ट छायांकन
रविन आचार्य र अनुष्क रौनियार – चक्कर   
हरि हुमागाईं – डमरुको डण्डीवियो   
पुरुषोत्तम प्रधान – नाईं नभन्नु ल ५
राजेश श्रेष्ठ – प्रसाद   
सौरभ लामा र मदन कश्यप घिमिरे – भिलेन   

विधा : सम्पादन
निमेष श्रेष्ठ – साईंली
लोकेस बज्राचार्य – प्रसाद   
अर्जुन जिसी – नाईं नभन्नु ल ५
निमेष श्रेष्ठ – डमरुको डण्डीवियो
विपिन मल्ल – छक्का पञ्जा ३  

विधा : पाश्र्वसंगीत
सैलेस श्रेष्ठ – ए मेरो हजुर ३   
एलिष कार्की – भैरे
संगम पन्च र पुष्प पलान्चोकी – चक्कर
एलिष कार्की – डमरुको डण्डीवियो
एलिष कार्की – नाईं नभन्नु ल ५

विधा : ध्वनी मिश्रण
सुनयमान श्रेष्ठ – छक्का पञ्जा ३   
मुकेष शाह – बोबी   
मुकेष शाह – डमरुको डण्डीवियो   
मुकेष शाह – नार्इं नभन्नु ल ५   
उत्तम न्यौपाने – प्रसाद   
      
विधा – श्रृंगार 
श्याम लामा – चक्कर  
दिपु पौडेल – डमरुको डण्डीवियो   
सरोज बुढाथोकी – जानी नजानी   
श्याम बराल – नार्इं नभन्नु ल ५ 
सरोज बुढाथोकी – भिलेन


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप